Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको मनकामना मन्दिरमा सर्वसाधारणका लागि पुजा गर्न रोक


6.4K
Shares

गोरखाको मनकामना मन्दिरमा सर्वसाधारणका लागि पुजा गर्न रोक

गोरखा ७ चैत । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा भोलिदेखि सर्वसाधारणका लागि पुजाआजा गर्न रोक लगाइने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को विश्वभर त्रासका कारण मन्दिरमा सर्वधारणका लागि पुजाआजा गर्न रोक लगाइएको मन्दिरका मुल पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो ।

सरकारले २५ जनाभन्दा बढिलाई एकै ठाँउमा भेलाहुन रोक लगाएपछि अत्याधिक दर्शनार्थीहरुको भिड हुने मनकामना मन्दिरमा केहि समयका लागि पुजाआजा गर्न रोक लगाइएको उहाँले बताउनुभयो । मनकामना मन्दिरमा दैनिक करिब ३५ सय जनाभन्दा बढि सर्वसाधारणले पुजा गर्दै आएका थिए । धार्मिक हिसावले गोरखा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यको रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ ।

हिजो साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको संक्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पुजा गर्न रोक लगाउने निर्णय गरेको थियो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पुजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । अब मनकामना मन्दिरमाा नित्य पुजा र साँझको आरती पुजा मात्र हुने मन्दिरका मुल पुजारी थापामगरले बताउनुभयो ।

चैते दशैको पर्व पुजा बाहेक अन्य पुजा रोकिने मनकामना मुख्य पुजारी थापाको भनाई छ । उहाँका अनुसार अब बिहान सधैजस्तो हरेक दिन नत्य पुजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ । यो बर्षको चैते दशै भने आउदो १९ गते परेको छ । मन्दिरमा चैते दशैको बेला गुठीयारहरु भेला भएर राँगो, बोका बलि दिइने मुलपुजारी थापामगरले जानकारी दिनुभयो ।

यस्तै जिल्ला सुरक्षा समितिले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकारलाई तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ । यद्देपी मनकामना केवलकारले पनि भोलीदेखि चैत महिनाभरी केवल सञ्चालन बन्द गर्ने निणर्य यस अघि नै गरिसकेको । यता जिल्ला प्रसासन कार्यलय गोरखाको बैठकले अत्यावशेक काममा बाहेक घरबाहिर नस्किन सबै नागरिकहरुलाई अपिल पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology