गोरखा ७, चैत । सरकारले चैत ९ गतेदेखि देशभरीका सरकारी र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले १२ दिनका लागि बन्द सवै सेवाप्रवाह बन्द गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको घोषणा गर्नुभयो ।
