नागरिक सवाल सवांददाता ।
गोरखा ७ चैत । चितुवाको आक्रमणबाट गोरखाका युवक सहित अन्य दुई जना घाइते भएका छ । पोखराको मियापाटनमा बिहीबार बिहान कोठामा बसी रहेका श्याम थापालाई आक्रमण गरेको देखी छुट्टाउन जादा अर्का एक ब्यक्ति पनि घाईते भएका हुन । पोखरा महानगरपालिका १३ को मियापाटनको खगेन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका ७ आमडाडाँका ३० बर्षिय श्याम थापालाई चितुवाले एक्कासी आक्रमण गरेर घाईते बनाएको हो ।
थापालाई आक्रमण गरेको देखेर छुटाउन पुगेका शसत्र प्रहरी फटिक मगर समेत घाईते भएका छन । पोखरा औद्यौगिक क्षेत्रमा डेरी गरी बसेका थापालाई बिहान ७ बजेको समयमा चितुवाले एक्कासी आक्रमण गरेको थियो । थापालाई आक्रमण गरेको देखेका औद्योगिक क्षेत्रमा कार्यरत शसत्र प्रहरी ३४ नम्बर गुम्मका मगरले छुट्टाउन जादा मगरलाई समेत चितुवाले आक्रमण गरेर घाईते बनाएको थियो ।
घाईते दुवैको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचार भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ । आक्रमण गर्न आउने चितुवालाई सोही घरको बाथरुममा थुनेर बन्दी बनाई बन कार्यालयलाई बुझाइएको छ ।