नागरिक सवाल संबाददाता ।
गोरखा ७, चैत । विश्व कोरोना भाइरसका कारण आक्रान्त छ । खोपको विकास पनि हालै भएको छ । तर गोरखामा कोरोना भाइरस (कोभिड १९ ) रोक्न गुरुकुलमा हनुमान चालिसा पाठ गरिएको छ ।
भाइरस वायुबाट फैलने र वायुपुत्र हनुमानलाई प्रसन्न पार्न सके रोग बाट जोगिन सकिने भन्दै शुक्रबार बिहान गुरुकुलले हनुमान चालिसा पाठ गरिएको हो ।
गोरखा सदरमुकामको छहरेमा रहेको गुरुकुलमा कोरोना विरुद्व हनुमान चालिसा पाठ गरिएको प्राचार्य ईश्वरीप्रसाद उपाध्यायल जानकारी दिनुभयो। उपाध्यायले हनुमान चालिसाको पाठ संगै विश्व शान्तिको अन्य पाठहरु पनि भई रहेको बताउनुभयो ।
गुरुकुलमा भएकाहरुले बुधबार बिहान ९ बजेदेखि हरेक दिन बेलुकी ५ बजेसम्म हनुमान चालिसा पाठ गरेको आयोजकले जनाएको छ । हनुमान चालिसा पाठ शुक्रबार साँझ ५ बजेसम्म पढिने उहाँले बताउनुभयो ।गुरुकुलमा अध्ययन गर्ने र त्यहाँका गुरुले गएको ३ दिन देखी पाठ गरेको गुरुकुल प्रशासनले जनाएको छ ।