गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीमा टोलटोलमा कोरोना भाइरसका बिरुद्ध सचेतना जगाउने उद्देस्यले आज वडा स्तरीय कोरोना भाइरस आपतकालिन समन्वय समिती गठन गरेको छ । वडासदस्य जयकृष्ण ढकालको संयोजकत्वमा वडा समन्यय समिती निर्माण गरिएको हो । वडासदस्यहरु बुद्धिजिबी, समाजसेवी स्वास्थ्यकर्मी, प्रहरी नेपाल रेडक्रस सोसाईटी लगायत सबै मिलेर कोरोना भाईरस समन्यय समिति निर्माण गरिएको वडासदस्य तथा समितिका संयोजक जयकृष्ण ढकालले जानकारी दिनुभयो । बिश्वब्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला नेपालमा पनि आउन सक्ने भन्दै यस्तो समिति बनाएर अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
“हामीले कोरोनालाई रोक्न त सक्दैनौ तर आफु सुरक्षित हुन सक्ने हुदा पहिला आफु साबधानी अपनाउन सक्छौ ।” उहाँले भन्नुभयो,“हामी स्थानीय जनतालाई भेटी टोलटोलमा यस भाईरसको बारेमा सचेतना अगाडि बढाउछौै ।” कोरोनाको प्रकोपबाट बच्नको लागी आफुले माक्सको प्रयोग गर्नुपर्ने, खानपिनमा ध्यान दिनुपर्ने, धेरै मानिस जम्मा भएको ठाउँमा नजाने, पानी सधै उमालेर खाने, साबुन पानीले हात हुने जस्ता कुराहरु स्थानीय जनतालाई बुझाउनका लागि जनचेतनाको कार्यक्रम गर्न लागेको वडा अध्यक्ष बिरबहादुर थापाले जानकारी दिनुभयो ।
“कोरोना लागेको शंका लागेमा यस समितिले सहयोग गर्नेछ, आपतकालमा काम गर्नका लागि बनेको समिति भएकाले आपतकालीन समन्वय समिती भनिएको हो” उहाँले भन्नुभयो । यस समितिले स्थानीय जनतालाई कोरोनाको त्रासबाट मुुक्त गर्दै वडाबासीहरुमा सचेचना फैलाउन काम गर्ने वडासचिव अजिता राईले जानकारी दिनुभयो । “कोरोनाको बारेमा भएको हल्लाले पनि समाजमा असर पार्ने हुदा त्यसलाई न्युनिकरणका लागि पनि समिती गठन गरिएकोे हो” उहाले भन्नुभयो ।
कोरोना तथा डेङ्गु जस्ता रोगको प्रकोप सकेसम्म लाग्न नदिने र लागिहालेमा सुरक्षित रुपमा तत्काल स्वास्थ्य संस्थामा लैजान नागरिकहरुलाई सुझाव दिने लगायतका काम समितीले गर्ने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको परिपत्रका आधारमा बडास्तरिय कमिटि गठन गरिएको वडासचिव राईले जानकारी दिनुभयो ।
फोटो जयकृष्ण ढकालको फेसबुक बाट साभार (पुरानो)