दीपक श्रेष्ठ
गोरखा ६,चैत – गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले हजार दिन भित्रका आमाहरुलाई पोषणयुक्त आहारा बितरण गरेको छ । वडा कार्यालयले बोर्लाङमा बुधबार एक कार्यक्रमको आयोजना गरी साविको बोर्लाङ गा.वि.स भित्रका ८५ जना आमाहरुलाई अण्डा लगायतका पोषण सामाग्री बितरण गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । वडाभित्र रहेका गर्भवती सहित २ बर्षसम्मका शिशुका आमाहरुलाई पोषणयुक्त सुआहारा बितरण गरिएको उहाँले बताउनुभयो ।
जन्मदेखि हजार दिनसम्मको अबधीमा बालबालिकाहरुको ८० प्रतिसतसम्म बौद्धिक बिकास हुने भएकाले पनि आमाहरुलाई सचेतना प्रदान गर्दै पोषण आहार बितरण गरेको वडाध्यक्ष श्रेष्ठको भनार्ई छ । ‘हजार दिनभित्रका बालबालिकाहरुको शारिरिक र मानसिक बृद्धि बिकास कसरी गर्न सकिन्छ भन्ने बारेमा धेरै आमाहरुलाई जानकारी छैन’ उहाँले भन्नुभयो, त्यसका लागि वडा कार्यालयबाट कार्यक्रम नै बनाएर आमाहरुका लागि पोषण शिक्षा सहित पोषण सामाग्री बितरण गरिएको हो ।’
पोषण आहारा भन्ने बित्तिकै सर्वसाधारणहरुले बजारमा पाईने महंगा खानेकुरा मात्रै सम्झने भएकाले पनि घरमै कसरी पोषणयुक्त आहारा बनाउन सकिन्छ भनेर हजार दिनका आमाहरुलाई जानकारी दिइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘जन्मेदेखि एक हजार दिनसम्म बौद्धिक बृद्धि बिकासका हिसावले सवै भन्दा महत्वपूर्ण समय मानिन्छ,’ उहाँले भन्नुभयो, ‘उक्त अबधीमा बालबालिकाहरुको खानपानमा ध्यान पु¥याउन सकिएन भने स्वस्थ सवल र सक्षम नागरिक उत्पादन नसकिने हुदा अहिलेदेखि नै वडा कार्यालयले कार्यक्रम बनाएर अघि बढेको छ ।’
गोडागुडी हरियो सागपात, माछाामासु खुवाउनु मात्र नभई कसरी खुवाउने भन्ने पनि हरेक आमाहरुलाई जानकारी हुनु आबश्यक भएकाले कार्यक्रम वडा कार्यालयले आगामी आर्थिक बर्षदेखि थप कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्थानिय स्तरमा उत्पादन हुने खानेकुरा झनै पोषणयुक्त हुन्छ, उहाँले भन्नुभयो, त्यसलाई कसरी बनाउने भन्नेमात्र हो त्यसको जानकारी हजार दिनका आमाहरुलाई अभिमुखीकरण आबश्यक हुन्छ ।’
वडा कार्यालयले उक्त कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक बर्षका लागि १ लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।कार्यक्रममा वडा सदस्य मालती ढकाल, वडा सचिव शिव श्रेष्ठ, भीमकुल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।