Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित


1.4K
Shares

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाण्डौं ६, चैत । त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट सञ्चालन गर्न लागेको स्नातकोत्तर तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणालीका सबै परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले सेमेस्टर प्रणालीको परीक्षा पनि स्थगित गर्नका लागि आज अपरान्ह बैठक डाकिएको जानकारी दिनुभएको छ ।

“एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए । हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन । त्यसैले परीक्षा स्थगित गर्नका लागि बैठक बस्दैछ” उहाँले भन्नुभयो।

जोशीले यसको औपचारिक जानकारी अपरान्ह सूचनामार्फत दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology