Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कसले गर्यो आधा दर्जन गाईको हत्या ? प्रहरी भन्छ, अनुसन्धान भईरहेको छ


3.7K
Shares

कसले गर्यो आधा दर्जन गाईको हत्या ? प्रहरी भन्छ, अनुसन्धान भईरहेको छ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ मा गाईलाई पासो लगाएर मारिएको अबस्थामा फेला परेको छ । गाईलाई ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधादर्जन गाइको शव र कंकाल भेटिएको हो ।

सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्ठामा आधा दर्जन भन्दा बढी गाईको शव भेटिएको हो।
देउपाल सामुदायिक वनमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । गाईको हत्या कसले र किन गर्यो भन्ने थाहा नभए पनि खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको समाचार आए पछि घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ । ५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको कंकाल भेटिएको छ प्रहरीले जानकारी दिएको छ । गाई मार्नका लागि प्रयोग गरिएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन्‌ । मारिएका सबै गाईहरू दुई वर्षभित्रका रहेको पशुसेवाका प्राविधिकले बताएका छन्। गाई नेपालको राष्ट्रिय जनावर हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology