Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली कांग्रेस नगर समिति गोरखाद्वारा कोरोना बारे सचेतना प्रदान गर्न शुरु


1.6K
Shares

नेपाली कांग्रेस नगर समिति गोरखाद्वारा कोरोना बारे सचेतना प्रदान गर्न शुरु

गोरखा ६, फागुन । नेपाली कांग्रेस गोरखा नगर कार्य समिति गोरखाले नगरपालिका भित्र १४ वटै वडामा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायका बारेमा सचेतना कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले आज वडा नम्बर ६ बाट सचेतना कार्यक्रमको शुरुवात गरेको हो ।

जिल्ला समन्वय समितिको चोकबाट कांग्रेस महासमिति सदस्य एवं गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले अभियानको शुभारम्भ गर्नुभयो । १४ वटै वडामा पुगेर काग्रेसले अडियो मार्फत जनचेतनामुलक सन्देष प्रशारण गर्न शुरु गरेको नेपाली काग्रेस नगरसमितिले जनाएको छ ।

अडियो सन्देषमा कोरोना भाईरसको बारेमा जानकारी, सचेत रहने उपाय, खानपानमा ध्यान दिनुपर्ने पक्षहरु, सर्ने तरिका, लक्षण लगायतका बारेमा जानकारी गराइएको काग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology