Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिका-१० का स्थानीय भन्छन् : मनकामना बहिरा आबासिय बिधालय, तारा माविलाई क्वारेन्टाईन कक्ष बनाउँ


3.9K
Shares

गोरखा नगरपालिका-१० का स्थानीय भन्छन् : मनकामना बहिरा आबासिय बिधालय, तारा माविलाई क्वारेन्टाईन कक्ष बनाउँ

गोरखा ६ चैत । गोरखा नगरपालिका वडा नः १० ले कोरोना भाईरस तथा डेङ्गु जस्ता रोग लाग्न नदिनका लागि टोल टोलमा स्वास्थ्य छलफल तथा परामर्स गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण हुन नदिनका लागि वडा भित्र सचेतना कार्यक्रम गरेको वडा अध्यक्ष देबीबहादुर बस्नेतले जानकारी दिनुभयो । वडा कार्यलयको नेतृत्वमा स्वास्थ्यकर्मी बुद्धिजिबीहरु कोरोना भाईरस तथा अन्य रोगबाट जोगिने उपाय लगायतको बारेमा छलफल गर्न वडा अध्यक्ष सहितको टोली पुगेको उहाँले बताउनुभयो ।

“वडाको लगभग सबै टोलमा पुगेर जनतासंग भेटघाट गरि कोरोना तथा डेङ्गु जस्ता रोगको बारेमा जनतालाई जानकारी लक्ष्य सहित सचेतना कार्यक्रम शुरु गरेका छौ ं” उहाले भन्नुभयो । “जनतालाई नआतिन र कोरोना भाईरसबाट बच्नका नियमित साबुनपानीले हात धुन पनि सिकाएको छौ”, वडा अध्यक्ष बस्नेतले भन्नुभयो । स्वास्थ्यकर्मी सहितको टोलीलाई स्थानीयबासीहरुले भने सम्भाबित कोरोनाको उपचारका लागि मनकामना आबासिय बहिरा माध्यमिक बिद्यालय र तारा माध्यमिक बिद्यालयलाई करेन्टाईमको रुपमा बिकास गर्न स्थानियले माग गरेका छन । वडाको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली नागरिकहरुको घर दैलोमा पुगेर स्वास्थ्य परामर्स दिएको उहाँको भनाई छ ।

छेपेटार टोल बिकास सस्ंथा तथा बिरेन्चोकटोल बिकास सस्थाका बुद्धिजीबि, समाजसेवी, यूवा क्लबका अगुवाहरु भूपू शिक्षक लगायतको टोल भेलाले वडाको बिरेन्चोकको मनकामना बहिरा आवासिय माध्यमिक बिद्यालयलाई क्वारेन्टाइनको को रुपमा निमार्ण गर्नआग्रह गरेका हुन । वडा किमिटिको आजै बसेको बैठकले धेरै जना समुहमा नबस्न पनि आग्रह गरेको छ । चर्च लगायतका धार्मिक संघसस्थाहरुमा जम्मा भएका प्रार्थाना गर्ने लगायतका कार्य हुने भएकाले त्यस्ता ठाँउमा पनि सकेसम्म भेला भएर नबस्न वडाले भनेको छ ।

आफु बस्ने ठाँउ वरपर सधै सफ राख्न पानी उमालेर खान, साबुन पानीले हात धुन, माक्सको प्रयोग गर्न सथानीयलाई आग्रह गर्ने लगाउतको निर्णय भएको वडा सचिब गोपाल उपरकोटलिे जानकारी दिनुभयो । वडाले दैनिक उपभोग्य बस्तुको बजारका कमि नहोस भनेर नगरपालिका सगँ छलफल गरेर बजार अनुगनम गर्न लागेको समेत वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology