गोरखा ६, चैत
गोरखा नगरपालिका वडा नम्बर ८ ले कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्युनीकरणका लागि वडा भित्र सचेतना कार्यक्रम शुरु गरेको छ । वडाध्यक्ष कृष्णबहादुर के.सीको नेतृत्वमा स्वास्थकर्मी सहितको सयुक्त टोलीले बुधबारदेखि सचेतना कार्यक्रम शुरु गरेकोे हो ।
कार्यक्रम अन्र्तगत आज पहिलो दिन वडाको ढुङगागाढे, थाकल डाँडा, रानीबन लगायतका टोलमा पुगेर सचेतना कार्यक्रम गरेको वडाध्यक्ष के.सीले जानकारी दिनुभयो । ‘टोलमा पुगेर वडाबासीलाई सचेत रहन तर नआत्तिन भनेका छौ, उहाँले भन्नुभयो, कोरोना भाइरसबाट सुरक्षित हुने उपायको बारेमा जानकारी दिएपछि नागरिकहरुमा आत्मा बिश्वास बढेको छ ।’
सचेतना कार्यक्रमले राम्रो सन्देश दिएको भन्दै वडाबासीहरुपनि खुशी भएका छन् । हामीलाई कतिपय कुराहरुको जानकारी थिएन, सेचतना कार्यक्रममा सहभागी एक स्थानीयले भन्नुभयो, वडाले टोलटोलमै स्वास्थकर्मी ल्याएर जानकारी गराएपछि अलि ढुक्क भएको छ । ’
वडाध्यक्ष के.सीले सचेतना कार्यक्रम अन्र्तगत वडा भित्र पम्पेट, पर्चा लगायतका प्रचार–प्रसार सामाग्री समेत बितरण गरेको जानकारी दिनुभयो । ‘वडाको कट्टेल डाँडा, आमाडाँडा, ढुङगागाढे, आर्युबेदिक चोक क्षेत्रमा व्यानर, प्लम्पेलट लगायतका सचेतनात्मक प्रचार समाग्री पनि राखेका छौ। उहाँले भन्नुभयो । सचेतना कार्यक्रम आज र भोली पनि कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष के.सीले जानकारी दिनुभयो ।