Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने सरकारको निर्णय


1.3K
Shares

विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताउनुभयो ।

यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology