गोरखा ५ चैत । गोरखा संग्राहालयको प्रर्दशनी कक्षा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सक्रमणको जोखिमलाई ख्याल गरि गोरखा संग्राहलयले दरबार भित्र प्रर्दशनी बन्द गर्ने निर्णय गरेका कार्यालय प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुसार २०७७ बैशाख १९ गते सम्मका लागि दरबारका सवै प्रर्दशनी कक्ष बन्द रहने जनाइएको छ ।