काठमाण्डौ ५, चैत । भोलीदेखि शुरु हुन लागेको एसईई परीक्षा स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने जोखिम देखिएपछि सरकारले एसईइ परीक्षा स्थगित गर्ने निणर्य गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।
उपप्रधानमन्त्री पोखरेलले भन्नभुयो, ‘एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।’
अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उहाँले बताउनुभयो ।