काठमाण्डौ ५, चैत । मन्त्री बनेको करिब ३ महिना जति सार्वजनिक कार्यक्रममा नदेखिनु भएका कृषिमन्त्री धनश्याम भुसालले बेला बेलामा भन्ने गर्नुहुथ्यो म केही नयाँ कार्यक्रम लिएर मात्र आउछु । बर्तमान सरकारका आश लाग्दा मन्त्रीको रुपमा सवैले हेरेको मन्त्री भुसाल कृषि क्षेत्रमा आमुल परिवर्तन हुने गरी कार्यक्रम ल्याउने भन्दै करिब ३ महिना भित्री अध्ययन र योजना निर्माणमा व्यस्त हुनुभयो ।
सवैलाई के गर्दैछ छ होला भन्ने पार्नुभएका कृषिमन्त्री भुसालले आज आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ । उहाँले कार्ययोजनामा किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा नयाँ घोषणा गर्नुृएको छ । यसले किसानहरुमा आशा पलाउनु स्वभाबिक छ ।
त्यस्तै मन्त्री भुसालले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने , सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने समेत घोषणा गर्नुभएको छ । उहाँले आफ्नो घोषणामा नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने उल्लेख गर्नुभयो ।
यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने, सबै किसानले प्राविधिक सेवा पाउने ग्यारेन्टी गर्ने र स्थानीय तहमा कृषि तथा पशु प्राविधिकको खाली दरबन्दीमा तत्काल पदपूर्ति गर्ने पनि घोषणा मन्त्री भुसालले गर्नुभएको छ ।
मन्त्री भुसालले आफ्नो कार्ययोजनामा हरेक किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने अर्को महत्वपूर्ण घोषणा पनि गर्नुभएको छ । उहाँले आफ्नो नीतिले दलाल पुँजीबाद हावी रहेको कृषि क्षेत्रमा धक्का दिने बताउनुभयो ।