Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डब्ल्यूएचओ भन्यो : कोरोनाको महामारी नेपालसहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदैछ, सतर्क होऊ


2K
Shares

डब्ल्यूएचओ भन्यो : कोरोनाको महामारी नेपालसहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदैछ, सतर्क होऊ

एजेन्सी – डिसेम्बरको अन्त्यमा वुहानबाट पहिलो पटक सुरु भएको कोरोनाभाइरसको संक्रमण बुधबार बिहानसम्म १६५ देशमा विस्तार भइसकेको छ ।
नेपालमा यो भाइरसको संक्रमण आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ ।

दक्षिण पूर्वीएसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भयावह हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहका अनुसार तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी देखिएको छ ।

यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन् । दक्षिण पूर्वीएसियाली देशले स्पष्ट रूपमा धेरै काम तत्काल गर्नुपर्ने देखिएको उनको भनाई छ । डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई समावेश गरेको छ ।

यस मध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । यो मध्ये सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना रहेका छन् । यसैगरी इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् ।

यस्तै नेपाल र भुटानमा पनि १–१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले जनाएकोे छ । यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology