तनहुँ ५, चैत । तनुहँ जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस र ट्रक ठोक्किँएर दुघटनाग्रस्त भएको छ । दुर्घटनामा परि १४ जना परी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनुहँले जनाएको छ ।
भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७ नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३९०६ नम्बरको ट्रक घाँसीकुवास्थित एक घुम्तीमा एकआपसमा ठोक्किँर दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालकसहित बसमा सवार ११ जना र ट्रकमा सवार ३ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको दमौलीस्थित रत्नहरी अस्पताल र १० जनाको दमौली अस्पतालमा उपचार भइरहेकोछ।