काठमाडौँ । अमेरिकी पत्रिकासँग आबद्ध तीनजना अमेरिकी पत्रकारलाई आफ्नो देशबाट निस्कन चिनले १० दिनको समय दिएको छ ।
चीनले न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो । चिनको यस्तो निर्णयलाई अमेरिकाप्रति चीनको प्रतिशोधको रुपमा लिइएको छ ।
अहिले चिन र अमेरिकाको सम्बन्ध बिग्रिएका बेला ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै चिनियाँ विदेश मन्त्रालयले १० दिनभित्र चीन छाड्न निर्देशन दिएको हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो। चीनको यस निर्णयलाई दुर्भाग्यपूर्ण निर्णय भन्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले यस निर्णयमा पुर्नविचार गर्न चीनलाई आग्रह समेत गर्नु भएको छ ।