Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमण सम्बन्धी चिनियाँ अध्ययनले ग¥यो नयाँ खुलाासा : ए ब्लड गु्रपलाई संक्रमण बढी, ओलाई कम


1.4K
Shares

कोरोना संक्रमण सम्बन्धी चिनियाँ अध्ययनले ग¥यो नयाँ खुलाासा : ए ब्लड गु्रपलाई संक्रमण बढी, ओलाई कम

एजेन्सी । चीनका मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक–फरक हुने निष्कर्ष निकालेका छन्। कोभिड–१९ को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा गरिएको उक्त अनुसन्धानका क्रममा २ हजारभन्दा बढी मानिसको रगतको नमूनाको विश्लेषण गरिएको थियो। वुहानमा कोरोना भाइरसबाट मृत्यु भएका २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ओ समूह थियो। अर्थात् ओभन्दा ब्लड ग्रुप ए भएका ६३ प्रतिशत बढी मानिसको मृत्यु भयो। यी मृत्युमा उमेर समूह र व्यक्तिगत स्वास्थ्य अवस्था पनि महत्वपूर्ण अवयव हुन्।

‘ब्लड ग्रुप एका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्तिगत सावधानीमा धेरै नै ध्यान दिनु जरूरी छ,’ उक्त अध्ययनमा लेखिएको छ,‘यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्छ।’ संसारका मानिसहरूको रगत चार समूहमा पर्छ। अष्ट्रियन बायोलोजिस्ट कार्ल ल्यान्डस्टेनरले सन् १९०१ मा मानिसमा ए, बी, एबी र ओ समूहका रगत हुने पत्ता लगाएका थिए।

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको रक्त समूह ओ छ भने ४१ प्रतिशतको ए छ। १ करोड १० लाख मानिस रहेको वुहानमा रक्त समूह ओ भएका मानिस ३२ र एका ३४ प्रतिशत छन्। अनुसन्धानकर्ताहरूले अहिलेको अध्ययनले सरकार र स्वास्थ्य संस्थाहरूलाई केही मार्गदर्शन गर्न सक्ने भए पनि यो नै अन्तिम निचोड नभएको बताएका छन्।

यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन बाँकी छ। अनुसन्धानकर्ताहरूले पनि अहिले नै यसलाई कोरोनाविरूद्धको मार्गनिर्देशक मान्न नहुनेतर्फ सचेत गराएका छन्। यदि तपाईंको रक्त समूह ए हो भने पनि आत्तिनु पर्दैन किनकी यसको अर्थ तपाईं संक्रमित हुनु नै हुन्छ भन्ने होइन अर्कातिर तपाईंको शरिरमा ओ समूहको रगत बग्छ भने पनि तपाईं सतप्रतिशत सुरक्षित होइन तपाईंले पनि अरूले जस्तै सावधानीका उपाय अपनाउनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology