Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखा नगरपालिका ८ ले भोलीदेखि कोरोना बिरुद्ध सचेतना कार्यक्रम गर्दै


3.3K
Shares

गोरखा नगरपालिका ८ ले भोलीदेखि कोरोना बिरुद्ध सचेतना कार्यक्रम गर्दै

गोरखा ४, चैत । गोरखा नगरपालिका वडा नम्बर ८ ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुनबाट जोगिने उपायका बारेमा भोलिदेखि वडाभित्र सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडा कार्यलयले ३ दिनसम्म सवै टोलमा पुगेर वडाबासीहरुलाई कोरोना भाइरसबाट जोगिने उपाया लगायतको बिषयमा सचेना प्रदान गर्ने निर्णय गरेको वडाध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो

‘भोलीदेखि ७ गतेसम्म बिभिन्न टोल समुहहरुमा पुगेर सचेतना कार्यक्रम गर्ने निर्णय गरेका छौं, उहाँले भन्नुभयो, वडाध्यक्षको नेतृत्वमा हुने सचेतना कार्यक्रममा स्वास्थ्य चौकीबाट २ जना स्वास्थकर्मी, वडासदस्य लगायतको सहभागिता रहनेछ ।’ नगरपालिकाको बिपत व्यवस्थापन समितिको बैठकले सवै वडामा सचेतना कार्यक्रम गर्र्ने निर्णय गरे अनुसार वडा नम्बर ८ ले कार्यक्रम गर्न लागेको हो ।

वडाध्यक्ष खत्रीको नेतृत्वमा आज वडा कार्यालयमा बसेको बैठकले कोरोना भाइरस बिरुद्ध वडाबासीहरुमा जनचेतना फैलाउन वडाभित्र प्लेक्स बोर्ड राख्ने निर्णय समेत गरेको छ । बैठकले एईई परीक्षालाई मध्येनजर गर्दै वडानम्बर ८ आहालेमा रहेको श्री सरस्वती माध्यामिक बिधालयमा हेल्थडेक्स राख्ने निर्णय समेत गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

त्यस्तै बैठकले अबदेखि हरेक ३÷३ महिनामा उत्त बिधालयमा बिधार्थीहरुको निशुल्क स्वास्थ परीक्षण गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology