Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सडक अबरुद्ध गर्ने स्थानिय भन्छन : सडकको धुलो घर भित्र पसेर न भात खान पायौं, न पानी


5.8K
Shares

सडक अबरुद्ध गर्ने स्थानिय भन्छन : सडकको धुलो घर भित्र पसेर न भात खान पायौं, न पानी

धन बहादुर तामाङ्ग
गोरखा ४ चैत्र

११ किलो भालुस्वाँरा बारपाक खण्डमा पर्ने १२ किलोदेखि छेपेटारसम्मको सडक समयमा काम नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । मंगलबार सिर्दीखोलामा सडकमा ढुङ्गा मुढा राखेर स्थानीयले बाटो अबरोध गरेका हुन् । ठेकेदारले समयमा राम्रो काम नगरेका कारण स्थानीय आन्दोलनमा उत्रिएकोे गोरखा नगरपालिका वडा नः ११ का वडा अध्यक्ष रामबाबु खड्काले जानकारी दिनुभयो । “ठेकेदारले काम राम्रो सगँ गर्नु भएन अहिले स्थानीयको घरमा धुलोका कारण पकाएको खाना खान पाएका छैनन्”। उहाँले भन्नुभयो, “ बाटोमा धुलो उडेपछि घरमा समेत बस्न नसक्ने अबस्था हुन्छ” ।

“अहिले घरमा भएको गाग्रीको पानी बाटोबाट उडेको धुलोका कारण खान नसक्ने अबस्था हुन्छ आन्दोलनमा आउनु भएकी रतनमाया कुमालले भन्नुभयो” । हामीलाई केहि चाहिएको होईन बाटो चाडोबन्नु परेको स्थानीय पूर्ण तामाङले भन्नुभयो । “हाम्रो बारीको हामीले वास्ता गरेनौ किनकी घर नजिकबाट पिज रोड आउछ भनेर चुप बस्यौ यस रोडको हामीले मालपोतको रकम तिरी रहेका छौ तर अहिले धुलोको कारण घरमा बस्न खान भएन” तामाङले भन्नुभयो ।

ठेकेदार कम्पनीलार्ई सम्पर्क गरि काम छिटो गर्न लगाउने ११ किलो भालुस्वारा बारपाक सडक आयोजना कार्यलयको इन्जीनियर राजेस कुमार यादबले भन्नुभयो । “ गोरखा स्प्रोपेड रिकन्स्ट्रकसनसंग गरेको सबै काममा केहीन केही समस्या आई रहेको छ । कार्यलयलाई पनि कम्पनीलाई ठेक्का दिन मन नभएको तर घटिघटाउमा आउदा उहाँले पाउनु भएको हो” यादबले भन्नुभयो ।

अहिले सम्म सडकमा जे जति काम भए वा रोकिए पनि भोलीबाट सडकमा काम हुने यादबले जानकारी दिनुभयो । एउटा ट्याङ्करले रोडमा पानी निरन्तर हाली रहने पानीको पैसा कार्यलयले तिर्ने सहमती भएपछि बाटो खुलेको हो । इन्जीनियर यादबले भन्नुभयो, “धुलो मार्नका लागि नियमित पानी हाल्नुहोस टिप गरेर हामी पैसा भुत्तानी गर्छौ”।

भोलीबाट काम नभए सम्बन्धित ठेकेदारलाई जस्तो सुकै कारबाही गर्न पनि कार्यलय तयार भएको उहाँले जानकारी दिनुभयो । “भोलीबाट काम नभए पर्सि बाटो बन्द गर्नुहोस् हामी निर्माण ब्यावसायीलाई प्रसासन लगाएर समात्छौ” यादबले भन्नुभयो ।  १२ किलो बजारदेखि मसाने ठाँटीसम्म ४ किलोमिटर सडक मर्मतका लागि गोरखा स्प्रोपेड रिकन्स्ट्रकसनसंग रु १ करोड ७७ लाख रुपैयामा ठेक्का सम्झौता गरेको थियो । उक्त खण्ड २०६६ सालमै कालोपत्रे भएको भएपनि सडक भत्किएकाले पुनः मर्मतका लागि आयोजनाले ठेक्का सम्झौता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology