Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मन्त्री बिना मगर नै बेपत्ताको सूचीमा


5.8K
Shares

मन्त्री बिना मगर नै बेपत्ताको सूचीमा

काठमाडौं । संघिय सरकारका खानेपानी मन्त्री बिना मगरको नाम बपत्ता सुचिमा रहेको छ । मन्त्री मगर सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको हो । बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश गरिएको हो ।

आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिने क्रममा यस्तो भटिएको आयोगले जानकारी दिएको हो । ससस्त्र द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।

सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए आयोगका सूचना अधिकारी निराजन घिमिरेले भन्नुभयो । ‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिएको होला,’ घिमिरेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology