Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाह्रकिलो–छेवेटार–मसानेठाँटी सडक समयमा मर्मत नगरेको भन्दै स्थानीयले गरे सडक अबरुद्ध


2.5K
Shares

बाह्रकिलो–छेवेटार–मसानेठाँटी सडक समयमा मर्मत नगरेको भन्दै स्थानीयले गरे सडक अबरुद्ध

गोरखा ४,चैत । गोरखाको बाह्रकिलो छेवेटारदेखि मसानेठाँटीसम्मको सडक कालोपत्रे गर्न ठेकेदारले ढिलाई गरेको बिरोधमा स्थानीयबासीहरुले आज यातायात अबरुद्ध गरेका छन् । सडकमा ढुङगा मुडा तेस्र्याएर उनिहरुले तत्काल सडक मर्मतको कामसक्न माग गर्दै बिरोध गरेका हुन् ।

समयमा सडक मर्मत नहुदा हिउँदका बेला वरपरका बासिन्दा धुलाम्मे हुनुपर्ने बाध्यता रहेको छ भने बर्खाका बेला बाटो हिलो हुदा हिडडुल गर्न नै समस्या हुने गरेको भन्दै स्थानीयबासी बिरोधमा उत्रिएका हुन् । उनिहरुले सडक मर्मतका लागि तत्काल गति नदिए थप ससक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सडक अबरुद्ध हुदा सो सडक भएर चल्ने सवारी साधनहरु चल्न सकेका छैनन् । उक्त सडक हुदै बारपाक, पालुङटार लगायतका स्थानमा सवारी साधन चल्ने गर्दछ । ११ किलो बारपाक सडक आयोजनाले उक्त सडक खण्ड मर्मतका लागि यहि जेठ ४ गते ठेक्का सम्झौता गरेको थियो । आयोजनामा गएको कात्तिक महिना भित्रमा काम सम्पन्न गर्ने गरि सम्झौता गरेको भएपनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।

१२ किलो बजारदेखि मसाने ठाँटीसम्म ४ किलोमिटर सडक मर्मतका लागि गोरखा स्प्रोपेड रिकन्स्ट्रकसनसंग रु १ करोड ७७ लाख रुपैयामा ठेक्का सम्झौता गरेको थियो । उक्त खण्ड २०६६ सालमै कालोपत्रे भएको भएपनि सडक भत्किएकाले पुनः मर्मतका लागि आयोजनाले ठेक्का सम्झौता गरेको हो । तस्विर : पत्रकार किशोरजंग थापाको फेसबुकबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology