Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

टिप्परको ठक्करले आमा छोरीको मृत्यु : पनौतीमा अनिश्चितकालीन कर्फ्यु


2.4K
Shares

टिप्परको ठक्करले आमा छोरीको मृत्यु : पनौतीमा अनिश्चितकालीन कर्फ्यु

काभ्रे ४, चैत । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा हिजो अपराह्न टिप्परले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ। खानीखोला गाउँपालिका १ की ३२ वर्षीय जुनीमाया गोले र उहाँकी तीन वर्षीय छोरीको टिपरको ठक्करले मृत्यु भएको हो । । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

दोसीलाई कडा कारबाहीको माग गर्दै घटनाको बिरोधमा स्थानीयबासी सडकमा उत्रिएपछि जिल्ला प्रसासन कार्यालय काभ्रेले पनौती क्षेत्रमा आज बिहान ९ बजेदेखि कर्फ्यु लगाएको छ । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको कार्यालयले जनाएको छ । स्थानीयहरुको बिरोधका कारण थप जोखिम बढ्न सक्ने भएकाले कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । ।

“हिजोको घटनाले आज पनि परिस्थिति भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकाल सम्मका लागि कर्फ्यु आदेश जारी गरेका छौँ”, उहाँले भन्नुभयो । अवस्था तनावग्रस्त बनेपछि लागेको कर्फ्यूका कारण म‌ंगलबारको कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology