Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल चलचित्र पत्रकार संघको आठौं अधिबेशनबाट दिनेश सिटौला अध्यक्षमा बिजयी


1.5K
Shares

नेपाल चलचित्र पत्रकार संघको आठौं अधिबेशनबाट दिनेश सिटौला अध्यक्षमा बिजयी

काठमाडौं ४ चैत । चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षमा विजयी हुनु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी डब्बु क्षेत्रीलाई ३१ मतले पछाडी पार्दै अध्यक्षमा बिजयी हुनु भएकोह हो ।

नबनिर्बाचित अध्यक्ष सिटौलाले कुल ७० मत ल्याउनु भएको थियो भने उहाँ प्रतिस्पर्धी क्षेत्रीले ३९ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै अध्यक्षका अन्य प्रत्यासी गीता अधिकारी र अनिल यादवले १४/१४ मत प्राप्त गरेका छन् ।

अधिबेशनबाट संघको कार्यक्रमतर्फ उपाध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् भने महिला उपाध्‍यक्षमा दीपज्‍योति थापा निर्बिरोध निर्वाचत भएकी छिन् । त्यस्तै महासचिवमा समीर बलामी ८८ मतसहित निर्वाचित भएका छन् भने खुल्लातर्फ सचिव रघुनाथ सापकोटा र जनजातीतर्फ सचिव विशाल राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिबेशनबाट संघको कोषाध्यक्षमा प्रदीप कार्की,सहकोषाध्‍यक्षमा विनोद पोखरेल विजयी भएका छन् भने सदस्‍यहरुमा गणेश ओली ‘आशिष’, सृष्टि पोखरेल, मिलन ढुंगाना, नवीन गिरी, महिलातर्फ सुरक्षा भट्टराई, मनिष दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाइ र समावेशीतर्फ दीपक गुरुङ निर्बाचित भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology