Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने


1.6K
Shares

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने

काठमाडौँ, ३ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना (कोभिड १९ ) को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले तलबको ७५ प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जोखिम भत्तासहित अन्य १६ बुँदे निर्णयसमेत गरेको छ ।

रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उक्त बैठकले रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यमा संलग्न जनशक्तिलाई कार्य क्षेत्रगत शर्तका आधारमा संक्रमण जोखिम अवधिभर जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्णय अनुसार प्रयोगशाला, स्वास्थ्य परीक्षण तथा उपचारमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीलाई शुरू तलबको ७५ प्रतिशतले हुने रकम जोखिम भत्ताका रूपमा उपलब्ध गराइनेछ भने अन्य जनशक्तिलाई ५० प्रतिशत उपलब्ध गराइनेछ ।

त्यस्तै सहयोग गर्नेलाई तलबको २५ प्रतिशत भत्ता उपलब्ध गराइने निर्णयमा उल्लेख छ भने अध्यागमनमा खटिने निजामति, सुरक्षाकर्मी र नागरिक उड्ययन कार्यालयका कर्मचारीलाई शुरूको ५० प्रतिशतले हुने रकम भत्ताका रूपमा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology