अमेरिका : चर्चित हलिउडकी अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन् ।
उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छिन् । ‘कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, उनले भनेकी छिन्, ‘एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’