Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाविरुद्धको बिश्वमै पहिलो पटकऔषधि परिक्षण : ४३ बर्षिय महिलालाई दिइयो खोप


1.6K
Shares

कोरोनाविरुद्धको बिश्वमै पहिलो पटकऔषधि परिक्षण : ४३ बर्षिय महिलालाई दिइयो खोप

काठमाडौं । अमेरिकी अनुसन्धानकर्ताहरुले बिश्वमै पहिलो पटक कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रयोग परिक्षण गरेका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाको अहिलेसम्म औषधि नभएको बेला अमेरिकी वैज्ञानिकहरुको यो पहललाई विश्वभर चासोको रुपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार कैसेर परमानेन्ट वाशिङ्‌टन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण एक स्वयंसेवकको पाखुरामा खोप लगाएर परीक्षण सुरु गरेका हुन् ।

योसँगै कोरोनाविरुद्धको खोपको पहिलो पटक मानव परीक्षण गरिएको छ । ‘हामी अहिले कोरोना भाइरस टोली हौं ।’ यस अध्ययनका प्रमुख डा। लिसा ज्याकसनले परीक्षणपूर्व भने, ‘अहिलेको संकटकालको अवस्थामा सबैले आफूले जानेको गरिरहेका छन् ।’

पहिलो व्यक्तिलाई सुई लगाएर खोप परीक्षण गरेको एसोसियट प्रेसले अवलोकन गरेको थियो । अन्य तीनजनालाई पनि खोप परीक्षण गरिएको छ ।

‘पहिलो खोप लगाएकी ४३ बर्षिय दुई बच्चाकी आमा जेनिभर हल्लेरले आफ्नो लागि यो ठुलो अवसर भएको बताएकी छन् । उनले भनिन्, ‘हामी सबै असहयाजस्तै भयौं । अहिलेको संकटकालको अवस्थामा यो अवसर पाउनु मेरो लागि ठुलो अवसर हो ।‘

खोप परीक्षणका लागि ४५ जना स्वास्थ्य स्वयंसेवी तयार भएका छन् भने उनीहरुलाई एक महिनाको अन्तरमा दुई खोप दिइने बताइएको छ ।

उक्त खोप मान्‍ने हुने गरी प्रयोगमा ल्याउन १२ देखि १८ महिना लाग्‍ने अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थका डा। एन्थोनी फाउचीले बताएका छन् ।

अहिले प्रयोग गरिएको खोपलाई एमआरएनए(१२८३ नाम दिइएको छ । यो खोपबाट कुनै असर भने नहुने र खोप लगाइएकाहरु कोरोना संक्रमित नभएको बताइएको छ ।

यो बाहेक कोरोनाको औषधि पत्ता लगाउन अमेरिका, चीन र दक्षिण कोरियाक वैज्ञानिकहरुले अर्को महिना परिक्षण गर्ने तयारी गरेको एपीले उल्लेख गरेको छ ।

चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भएको कोरोना अहिले विश्वका १६२ देशमा फैलिएको छ भने ७ हजार एक सय भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै अहिलेसम्म कोरोनाबाट एक लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology