गोरखा ३ चैत । गोरखाको आरुघाट गाउँपालिका–८ आरुपोखरीका एक युवालाई बालिका माथी यौन दुव्र्यव्यहार गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ । सुस्तमनस्थिती भएका स्थानीय २० बर्षका बिकास गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
उनले ७ बर्षिया बालिकामाथी यौनदुव्यवहार गरेको भन्दै बालिकाको परिवारले उजुरी गरेपछि पक्राउ गरिएको हो । आमाबाबु नभएकी र हजुरबुबाको संरक्षणमा रहेकी बालिकाको गुरुङले संवेदनशील अंग चलाउने लगायतका क्रियाकलाप गरेको प्रहरीको आरोप छ ।
पक्राउ परेका गुरुङमाथी जिल्ला अदातल गोरखाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।