Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा नगरपालिकामा कोरोनाको सम्भावित संक्रमण रोक्न दुई स्थानमा हेल्थ डेक्स राखिने


3.9K
Shares

गोरखा नगरपालिकामा कोरोनाको सम्भावित संक्रमण रोक्न दुई स्थानमा हेल्थ डेक्स राखिने

गोरखा ३ चैत ।  गोरखा नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट सुरक्षित रहन नगरपालिकाका २ स्थानमा हेल्थ साहायता कक्ष स्थापना गर्ने भएको छ । नगरपालिका स्तरीय बिपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी प्रकाश ढकालले जानकारी दिनुभयो ।

बैठकले नगरपालिका प्रबेशको मुख्यद्धार मजुवा चौकी आसपास र गोरखा नगरपालिकाको बजार क्षेत्रमा हेल्थडेक्स स्थापना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । ‘बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल पनि रहेकाले यसबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बिषयमा बिपत व्यवस्थापन समितिको बैठकमा छलफल भएको सूचना अधिकारी ढकालको भनाई छ ।

‘कोराना भाइरसबाट नगरबासीलाई सुरक्षित राख्न नगरपालिकाले के उपाय अपाउन सक्छ भन्ने बिषयमा सरोकारवालाहरु सुझाब लिने र त्यसैका आधारमा योजना बनाएर अघि बढ्न बैठक गरिएको हो ।’ उहाँले भन्नुभयो । बैठकले नगरपालिका भित्रका सवै बिधायलहरुमा कोरोना भाइरसबाट बच्न सकिने उपायहरुको बारेमा नगर स्वास्थ शाखाको नेतृत्वमा जनचेतनामुलक पर्चा, पम्प्लेट बितरण गर्ने, सवै स्वास्थ्य संस्थाहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने लगायतका निर्णय बैठकले गरेको सूचना अधिकारी ढकालले बताउनुभयो ।

त्यस्तै गर्मी शुरु भएसंगै जिल्लामा डेंगु रोगको फैलन सक्ने भएकाले त्यससम्बन्धी सचेतना फैलाउन कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले नगरपालिका भित्र जनचेतना फैलाउने खालका होडिङ बोर्डहरु राख्ने, सञ्चारमाध्यमहरुका नागरिकहरुमा यस्ता खालका रोगबाट सुरक्षित हुने उपायको बारेमा जानकारी दिने लगायतका निर्णय गरेको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तको अध्यक्षतमा बसेको बैठकका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, बिभिन्न शाखाका प्रमुख, बिभिन्न वडाका वडाध्यक्षहरु लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology