Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पालुङटार नगरपालिका २ र ७ मा नेकपाको पार्टी सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सम्पन्न


5.4K
Shares

पालुङटार नगरपालिका २ र ७ मा नेकपाको पार्टी सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सम्पन्न

धनबहादुर तामाङ
गोरखा ३, चैत ।
गोरखाको पालुङ्टार नगरपालिकाका दुई वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता तथा सुद्धढिकरण र जनसम्बन्ध बिस्तार अभियान आज सम्पन्न भएको छ । नेकपा गोरखाले जिल्लाभर अभियान शुरु गरेसंगै पालुङटारका २ वट वडामा आज कार्यक्रम गरिएको हो । अभियानका अन्र्तगत वडा वडा नम्बर २ को आपँपिपल र वडा नम्बर ७ को च्याङलीमा कार्यक्रम गरिएको नेकपा पालुङटार नगरकमिटिका अध्यक्ष अजय देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रको अबसरमा समाजबादीबादी पार्टी नेपालका वडा कमिटिका उपाध्यक्ष जंगबहादुर कार्की नेकपामा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य जुद्धबिलास भण्डारले अबिर र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो । नेकपा पालुङटारले सम्बृद्ध नेपाल सुखी नेपालीको आधार, पार्टी, सुसासन र लोकप्रिय सरकार’ भन्ने नाराका पालुङ्टार नगरपालिकाका २ वटा वडामा कार्यक्रम गरेको नगरअध्यक्ष देवकोटाको भनाई छ ।

वडा नम्बर २ को आँपपिपलमा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सचिवालय सदस्य जुद्धबिलास भण्डारीले जनताको कुरा सुन्न पार्टीले ढिलो गरि भएपनि अभियानको थालनी गरेको बताउनुभयो । अभियानले अब जनता र पार्टी बिचको सम्बन्ध सुमधुर हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अभियानमा पार्टीका तल्लो कमिटिसम्म दुई पार्टी बिचको एकतको जानकारी अनुभूती गराउने उहाँको भनाई छ । ‘स्थानिय नेताहरुले पार्टीको सैदान्तिक राजनैतिक र नीतिगत बिषय बस्तुहरुको जानकारी लिनु आबश्यक छ, नेता भण्डारीले भन्नुभयो, ‘पार्टीको राजनीतिक दृष्टिकोण, एकताको आबश्यकता तल्लो कमिटिका पार्टी सदस्य र कार्यकर्ताहरुलाई बुझाउनका लागि अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा पालुङ्टार नगरकमिटिका अध्यक्ष अजय देबकोटाले पार्टीको सदस्यता नबिकरण गर्ने, एकिकरण गर्ने, जनबर्गिय संगठनलाई छिटो पुर्णता दिने जस्ता कामहरु गर्नको अभियान शुरु गरिएको बताउनुभयोे । पालुङ्टार नगरपालिका वडा नम्बर २ मा वडाकमिटि अध्यक्ष रामचन्द्र तिवारीको अध्यक्षतामा भएको गरिएको हो । त्यस्तै वडा नः ७ च्याङलीमा वडा पार्टी कमिटीका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा पालुङटार नगरकमिटिका सचिव सचिब अमृत काराखेती लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology