काठमाडौं । कोरोना भाईरसका कारण बजारमा ग्यासको वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध बल प्रयोग हुने भएको छ ।
ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यस्तो बताउनु भएको हो ।
ब्यापारीहरको नाफा सरकारले नै सुनिश्चित गरेको भन्दै कालोबजारी नगर्न मन्त्री भट्टले आग्रह गर्नुभयो । ब्यावसायीहरले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताउनु भएको छ ।
‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ’ मन्त्री भट्टले भन्नुभयो । मन्त्री भट्टले तत्काल बजारमा ग्यास तथा अन्य उपभोग्य बस्तु सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने समेत बताउनु ।
‘निगमले ग्यास नदिए वा कर्मचारीले असहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्’ मन्त्री भट्टको भन्नुभयोे । बैठकमा मन्त्री भट्ट, राज्यमन्त्री मोतीलाल दुगड, वाणिज्य सचिव डा। बैकुण्ठ अर्याल, आपूर्ति सहसचिव प्रकाश दाहाल, वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित सबै उच्च अधिकारी सहभागी हुनु भएको थियो।