Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गाउँपालिका अध्यक्षका छोराको खुकुरी प्रहार गरी हत्या


1.6K
Shares

गाउँपालिका अध्यक्षका छोराको खुकुरी प्रहार गरी हत्या

दाङ :  सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोरा हिरा डाँगीको सोमबार हत्या भएको छ । खुकुरी प्रहार गरी  २३ बर्षिय डाँगीको हत्या भएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरका अमृत खडका लगायत ४/५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थियो। उपचारका क्रममा गम्भीर घाइते डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमनाथ योगीले जानकारी दिनुभयो ।

घाइते डाँगीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि राती नै हेलिकोप्टर मार्फत काठमाडौ पुर्‍याइएको थियो ।

काठमाडौंमा उपचारका क्रममै मुत्यु भएको डीएसपी योगीले बताउनुभयो । फुटबल खेलाडी समेत रहनु भएका डाँगीको हत्या किन गरियो भन्ने बारेमा खुल्न सकेको छैन । खुकुरी प्रहार गर्ने युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology