Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा क्याम्पसमा मेसिनमा ५ रुपैया खसालेपछि छात्राले पाउछन् सेनेटरी प्याड


3K
Shares

गोरखा क्याम्पसमा मेसिनमा ५ रुपैया खसालेपछि छात्राले पाउछन् सेनेटरी प्याड

गोरखा ३ चैत्र
रोट्रयाक्ट क्लव अफ बज्र मनासलु गोरखाले गोरखा क्याम्पस गोरखालाई सेनेटरी भेण्डर हस्तारण गरेको छ । गोरखा क्याम्पस गोरखामा अध्यनरत छात्राहरु महिनावारी भएका बेला पठनपाठनमा सहजहोस् भन्ने उद्देश्यले सनेटरी भेण्डर हस्तारण गरिएको क्लवका सचिव शिशिर प्रधानले जनाकारी दिनुभयो ।

क्यापसमा आज विहान एक कार्यक्रमको आयोजन गरी करिब रु ६५ हजार रुपैया बराबरको उपकरण हस्तान्तरण गरिएको सचिव प्रधानले बताउनुभयो । ‘उपकरणबाट आवश्यक परेको बेलामा जुनसुकै बेला पनि सेनेटरी प्याड उपलब्ध हुन्छ , उहाँले भन्नुभयो, ‘त्यसका लागि ५ रुपैयाको सिक्का उपकरणमा खसाल्नु पर्ने हुन्छ । ’ क्याम्पसमा अध्ययनका लागि आउने छात्राहरुलाई महिनावारी हुने समयमा कलेजमा रहदा महिनावारी भई हालेमा कक्षा नै छोड्नु पर्ने बाध्यता रहदै आएको थियो ।

अब आवश्यताको आधारमा जति नै बेला उपकरण मार्फत प्याड उपलब्ध हुने भएपछि सजिलोहुने भएको हो । प्रविधी मार्फत सिक्काबाट प्याड झिक्नु पर्ने हुदा त्यसको दुरुपयोग समेत नहुने क्लवको भनाई छ । महिलाको महिनावरी कुन बेला हुन्छ भन्ने थाहा हुने भएपनि सधै प्याड बोकेर हिड्नु पर्ने हुदा अब कलेजमै उपकरण जडान भए पछि छात्राहरु समेत खुसि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology