गोरखा ३, चैत । गोर्खाली गायक बिरबल ढकालको नयाँ गीति एल्वम ‘रुमाल झोलामा’ सार्वजनिक भएको छ । गायक ढकालको गीति एल्बम रुमाल झोलामा आईतबारदेखि सार्वजनिक भएको हो । ।
पछिल्लो समय निक्कै चर्चा कमाउनु भएका ढकालको नयाँ गीति एल्बममा चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर दिनुभएको छ । उक्त गीतको शब्द सिर्जना सर्जक काजिबाबु अर्यालले गर्नुभएको हो ।
गोरखा चौतारी म्युजिक प्रा.लि मार्फत बजारमा आएको गीति एल्बम ‘रुमाल झोलामा ’ को म्युजिक भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा नायिका रक्षा श्रेष्ठले अभिनय गरेका छन् ।