गोरखा ३, चैत – गोरखाको रुन्चेतमा दाउरा काट्न गएका युवकको रुखको हाँगाले लागेर मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर २ रुन्चेतमा शनिवार साँझ रुखको हाँगाले लागेर युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानीय रुन्चेतका गोपाल घले रहेको स्थानीय शिक्षक इन्द्रबहादुर उपरकोटीले जानकारी दिनुभयो । घलेको घटनास्थलमै मृत्यू भएको स्थानीय स्थानीयको भनाई छ । मृतकको आईतबार अन्त्येष्टी गरिएको जनाइएको छ ।