गोरखा ३, चैत । गोरखामा माइकिङ गरेर औषधी बिक्रि गर्दै हिड्ने २ जनालाई औषधी व्यवसायी संघ गोरखाले नियन्त्रणमा लिएरको छ । गाडीमा माइकिङ गरी औषधी बेच्दै हिडिरहेका बेला व्यवसायीले उनिहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
गोरखा नगरपालिका १० छेपेटार बजारमा आईतबार अनाधिकृत रुपमा औषधी बेच्दै हिड्ने दुईजनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको संघका गोरखा जिल्ला संघले जनाएको। पक्राउ परेकाहरुको साथबाट ८९ थान सञ्जीवनी मालिस आयल बरामद गरिएको छ
औषधी व्यवस्था बिभागको स्वीकृति बिना, औषधी बिक्रीबितरण गर्दा प्रयोग गर्ने प्यान बिल बिना र स्पष्ट रुपमा एमआरपी नखुलेका औषधी बेच्दै हिडेकाले नियन्त्रणमा लिइएको संघको भनाई छ