Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सहित सवै स्थानीयतहलाई कोरोना बिरुद्धको तयारी बारे रिपोटिङ गर्न संघिय सरकारको आग्रह (परिपत्र सहित)


3.2K
Shares

गोरखा सहित सवै स्थानीयतहलाई कोरोना बिरुद्धको तयारी बारे रिपोटिङ गर्न संघिय सरकारको आग्रह (परिपत्र सहित)

काठमाडौं। सरकारले विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि भएगरेका कामको दैनिक रिपोर्टिङ गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ। सँगै पूर्वतयारीको लागि स्थानीय तहले गर्नैपर्ने कामको सूची २१ वटा बुँदामा तयार पारिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहलाई पत्राचार गरेर कोभिड(१९ विरुद्ध गरिएका पूर्वतयारी, सतर्कतासम्बन्धी कामको विवरण र केही समस्यासमेत भएमा प्रत्ये दिन २ बजे मन्त्रालयमा प्रतिवेदन पेश गर्न अनुरोध गरेको हो।

आफूले गरिरहेका कामहरू र प्रतिवेदनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिइएको मन्त्रालयका सहसचिव बसन्त अधिकारीले बताउनुभयो ।

जसमा विपद व्यवस्थापन समितको बैठक बसे नबसेको, विदेशबाट फर्किएका व्यक्तिहरूको निगरानी राख्ने संयन्त्र भए नभएको, हेल्थ डेस्कको व्यवस्था, चेकजाँच गर्ने अस्पताल र ल्याब भए नभएको, अन्तर्राष्‍ट्रिय सीमा नाकामा आवतजावत गर्ने व्यक्तिको विवरण राख्ने गरेको वा नगरिएको, सर्वसाधारणलाई जनचेतना जगाउने काम गरे या नगरेको, स्वास्थ्यकर्मीलाई अति जरुरी कामबाहेक विदा नछोड्ने निर्णय गरे या नगरेको, एम्बुलेन्स पूर्वतयारीमा राखेको वा नराखेको लगायतका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology