Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

ऐतिहासिक भीमसेन मन्दिरमा रहेका ८० तोलाका चार छत्री चोरी


3.2K
Shares

ऐतिहासिक भीमसेन मन्दिरमा रहेका ८० तोलाका चार छत्री चोरी

डोटी :  दिपायल सिलगढी नगरपालिका–६ मा रहेको ऐतिहासिक भीमसेन मन्दिरबाट चारवटा चाँदीका छत्री चोरी भएको छ । मन्दिरबाट ५० तोलाको एउटा र १० तोला बराबरको तीनवटा गरी ८० तोलाको चार छत्री चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

मन्दिरको ढोका फुटाएर छत्री चोरी गएको पाइएको उहाँले बताउनुभयो ।फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभाहलको ताला फोरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।

मन्दिरमा कतिबेला चोरी भयो भन्नेबारे यकिन खबर नभए पनि गएको शनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीय गोविन्द श्रेष्ठले भक्तजनले चढाएका छत्री चोरी भएको भन्दै मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology