Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एसइई परिक्षार्थीलाई कोरोनाबाट सुरक्षित राख्न केन्द्रमा हेल्थ डेस्क राखिने


1.6K
Shares

एसइई परिक्षार्थीलाई कोरोनाबाट सुरक्षित राख्न केन्द्रमा हेल्थ डेस्क राखिने

काठमाण्डौ २ चैत । आगामी चैत ६ गतेदेखि सुरू हुन लागेको एसईई परिक्षामा सवै केन्द्रमा सरकारले हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । परीक्षार्थीलाई कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित राख्न सवै परीक्षाकेन्द्रमा सरकारले हेल्थ डेक्स राखी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित बसेको वैठकले १ हजार ९ सय ९५ वटै परीक्षा केन्द्रहरुमा स्वयंसेवक खटाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार हेल्थ डेक्समा खटिने स्वयंसेवकले परीक्षार्थीहरुलाई कोराना भाइरसको संक्रमणबाट बच्ने उपाय सिकाउने छन् ।

हेल्थ डेस्क राख्न स्थानीय तहलाई जिल्ला शिक्षा समन्वय समितिसँग संम्वन्य गरी आवश्यक व्यबस्था मिलाउन निर्देशन दिएको शर्माले जानकारी दिनुभयो । स्वयंसेवक परीक्षा अवधिभर परिक्षा केन्द्रमा रहने छन् ।

स्वयंसेवक परिचालको लागि शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई परीक्षा केन्द्रको सूची उपलब्ध गराई सकेको छ । देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्रमा तोकिएको छ । ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परिक्षामा सहभागी हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology