गोरखा २ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाले विश्वव्यापी रुपमामहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सहायता कक्ष स्थापना भएको छ ।
गण्डकी प्रदेशको प्रवेशद्धार समेत रहेको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को मुग्लीनपुल जीपमा सहायता कक्ष स्थापना गरिएको हो ।सहायता कक्षको गाउँपालिाकका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।
सहायता कक्षमा २ जना स्वास्थ्यकर्मी रहनेछन् । उनिहरुले कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक सन्देश दिने र सावुनपानीले हात धुन सिकाउने गाउँपालिकाले जनाएको छ ।