Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको नारेश्वरमा आगलागी : एक घर जलेर पूर्णरुपमा नष्ट


4.5K
Shares

गोरखाको नारेश्वरमा आगलागी : एक घर जलेर पूर्णरुपमा नष्ट

गोरखा २ चैत । गोरखा नगरपालिका–३ नारेश्वरमा गएराती एक घरमा भएको आगलागीबाट २ लाख रुपैया बराबरको क्षती पुगेको छ । नारेश्वर स्थित करुणानिधि कोइरालाको घरमा बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी निरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आगलागीबाट कोइरालाको ढुङगा माटोले बनेको तथा ढुङगाको छाना भएको कच्चीघर पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो । घरमा कोही पनि बसेकाले अन्य कुनै मानबिय तथा चौपायको क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ ।  आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । स्थानीयबासीहरुको सहयोगमा आगो राती ३:३० बजेपछि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

आगलागीबाट घर सहित घरमा रहेका सवै काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  यता हिजो साँझ जिल्लाको अजिरकोट गाउँपालिका–३ मा निजी भीर पाखो जंगलमा आगो फैलिएर सामुदायिक बनमा पुगेपछि स्थानीयको सहयोगमा प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ ।

नजिकै रहेको एनटिसी र एनसेलको टावरमा आगोले क्षती पु¥याउनै लागेपछि प्रहरी चौकी भच्चेकबाट खटी गएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिनुभयो ।  सामुदायिक बनमा फैलिएको आगो करिव ६ घण्टापछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । समयमा आगो नियन्त्रणमा लिइएकाले टेलिफोन टावर क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology