Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सातै प्रदेशका प्रदेश प्रमुखको प्रचण्ड सगँको भेट गलतः डा.भट्टराई


3.3K
Shares

सातै प्रदेशका प्रदेश प्रमुखको प्रचण्ड सगँको भेट गलतः डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रचण्ड र सातै प्रदेशका प्रमुखहरूको भेटबारे आपत्ति जनाउनुभएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सातै प्रदेशका प्रमुखहरूले आईतबार (प्रचण्ड) सँग भेटवार्ता गरेका छन्।

भट्टराईले ट्वीट गर्दै यस्तो भेट प्रति आपत्ति जनाउनु भएको हो । ‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन् राज्यका प्रतिनिधि हुन्,’ बाबुरामले लेख्नुभएको छ, ‘ उनीहरूले राज्य र सरकार प्रमुखलाई भेट्ने हो। पार्टी प्रमुखलाई भेट्ने हैन।’ बाबुरामले प्रदेश प्रमुखले निजी भेटघाट गर्नसक्ने तर, सामूहिक रूपमा गएर भेट्न नहुने बताउनु भएको हो।

उहाँले थप लेख्नुभएको छ, ‘कुनै एकको निजी भेटघाट हुनसक्छ सातै जनाको एकैसाथ निजी भेट हुनै सक्दैन । पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन। जो अगुवा उही।।नहोस्।’भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology