काठमाडौ । कोरोना भाईरसको कारण यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यस्तो बताउनु भएको हो ।
आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताउनुभएको हो । ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने र नबनाउने कुरा टुंगो लाग्छ,’ उहाँले भन्नुभयो ।
अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेको र काठमाडौंभित्र मात्रै १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार लागेको पनि मन्त्री ढकालले बताउनु भएको हो ।