तेह्रथुम २ चैत । आफ्नै भाउजुको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम आठराई गाउँपालिका ४ ईवा तीनसल्लेमा दुई दाजुभाई मिलेर भाउजुको हत्या गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुरेन्द्र पुरी र बालकृष्ण पुरी रहेको प्रहरीले जनाएको छ । उनिहरुले आफ्नी २८ वर्षीया भाउनु बिन्दा पुरीको हत्या गरेको प्रहरीले बताएको छ । बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन। दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजुको हत्या गरेको बुझिएको छ।
ईलाका प्रहरी कार्यालय सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको बताउनुभयो । विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा काम गर्दै आउनु भएको छ ।