Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा गोरखाले थाल्यो ३ महिने पार्टी एकता सृदृढिकरण र जनसम्बन्ध बिस्तार अभियान (फोटो फिचर)


4.6K
Shares

नेकपा गोरखाले थाल्यो ३ महिने पार्टी एकता सृदृढिकरण र जनसम्बन्ध बिस्तार अभियान (फोटो फिचर)

गोरखा २, चैत – नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) गोरखाले शनिबारदेखि ३ महिना जिल्लाभर पार्टी एकता सृदृढिकरण र जनसम्बन्ध बिस्तार अभियान सञ्चालन शुरु गरेको । ‘‘सम्बृद्ध नेपाल सुखी नेपालीको आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने मूल नारा बोकेर पार्टी जनताको घरदैलोमा पुग्न पुग्ने र पार्टी एकतालाई थप मजबुत बनाउन अभियानको थानी गरिएको नेकपा गोरखाका अध्यक्ष लेखबहादुुर थापाले जानकारी दिनुभयो । ‘यसले पार्टी एकतालाई मजबुत मात्र पार्ने छैन, पार्टी र जनताको सम्बन्ध समेत बलियो बन्नेछ ।’ उहाँले भन्नुभयो ।

नेकपा गोरखाले शनिबार सदरमुकाम क्षेत्रमा कोरोना भाइरस बिरुद्ध सचेत बन्न नागरिकहरुलाई प्रचार सामाग्री बितरण गर्दै जिल्लामा अभियानको थालनी गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । अभियानमा पार्टीका तल्लो कमिटिसम्म दुई ठूला पार्टी बिचको एकताको महत्व स्थापित गराउने, एकिकृत पार्टीका सैदान्तिक, राजनीतिक र नीतिगत बिषयमा प्रशिक्षण प्रदान गरिने अध्यक्ष थापामगरले जानकारी दिनुभयो । अभियान क्रममा पार्टी सदस्यहरुमा बैचारिक, संगठनात्मक एव भावनात्मक बिकास सुदृढ गर्ने, पार्टी सदस्यता एकिकरण गर्ने, नबिकरण, जनबर्गिय संगठन, मोर्चा निर्माण, पार्टीका बिभिन्न बिभागलाई पूर्णता दिइने उहाँको भनाई छ ।

 

‘घरदैलो पदयात्रा, टोल भेला र सभा गर्ने लगायतका कार्यक्रम तय भएको छ, उहाँले भन्नुभयो, हिजो गोरखा सदरमुकाम क्षेत्रमा सरसफाई कार्यक्रम गरि कार्यक्रमको उद्घाटन गर्ने भनिएपनि कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरि सचेतना कार्यक्रम सहित अभियानको शुभारम्भ गरिएको छ ।’ कार्यक्रम अन्र्तगत चैत महिना भित्रमा संगठित सदस्यको पार्टी सदस्यता नविकरण सक्ने, जेष्ठको तेस्रो सातामा सवै गाउँपालिकाहरुमा पालिका स्तरको सभा गर्ने, जेठको अन्तिम सातामा जिल्लामा ¥याली सहितको सभा गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै अभियान मार्फत पार्टीलाई संगठनात्मक पद्धतीमा सञ्चालन गर्न अनुशासित बनाउने, बिकास सम्बृद्धि र सामाजिक न्याय सहितको जनताको जनबाद कार्यान्वयन गर्दै समाजबादको आधार निर्माण गर्न जनतामा बिश्वास दिलाउने अध्यक्ष थापामगरले जानकारी दिनुभयो । पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको घोषणा–पत्र अनुसार काम गर्न सुझाव दिदै कानुनसम्मत जनप्रतिनिधिहरुको कामलाई थप लोकतान्त्रिक, पारदर्शी, जबाफदेही र परिणाममुखी बनाउने गरि अभियान सम्पन्न गरिने उहाँले बताउनुभयो ।

अभियानको नेतृत्व सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा सम्बन्धित कमिटिले नै गर्ने, सम्बन्धित गाउँपालिका वा नगरपालिकामा रहेका जिल्ला कमिटिका सदस्यहरु पनि सम्बन्धी गाउँपालिकामा नै रहने र अभियानमा प्रदेश कमिटी र केन्द्रिय सदस्यहरुले सहजकर्ता भई नेतृत्व गर्ने निर्णय बैठकले गरेको छ । अभियानको आज नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology