काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले जित्नु भएको छ। उहाँले आफ्नो प्रतिस्पर्धी सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो कमेडी च्याम्पियन बन्न सफल सफल हुनु भएको हो ।
पन्तले सर्वाधिक भोट ल्याएर ‘कमेडी च्याम्पियनको विजेता बन्नुभएको हो । उपाधीसंगै पन्तले २५ लाख नगद र कार प्राप्त गर्नुभएको छ । कमेडी च्याम्पियनको फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तको प्रतिस्पर्धामा रहेको थियो ।
आजको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।