Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा एक जनामा डेंगुरोगको लक्षण


2.1K
Shares

गोरखामा एक जनामा डेंगुरोगको लक्षण

गोरखा १, चैत । गोरखामा एक जनामा डेंगु रोगको लक्षण भेटिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका अनुसार गोरखा जिल्लामा गएको पुसको दोस्रो हप्तादेखि हिजोसम्ममा गोरखा जिल्लामा एक जनामा डेंगु रोगको लक्षण देखिएको हो । मौसम परिवर्तन भएसंगै गोरखा सहित देशका बिभिन्न भागमा डेंगु रोगका बिरामी भेटिन शुरु भएको महाशाखाले जनाएको छ ।

गोरखा जिल्ला बाहेक बाग्मती प्रदेशको नुवाकोटमा १ जना, काठमाण्डौमा ३ जना, ललितपुरमा ३ जना, रामेछापमा १ जना र मकवानपुरमा १ जनामा डेंगुको लक्षण देखिएको महाशाखाको भनाई छ । त्यस्तै गण्डकी प्रदेशको म्यादी जिल्लामा १ जना, कास्की जिल्लामा २ जना र नबलपुर जिल्लामा १ जनामा यो रोगको लक्षण फेला परेको छ ।

महाशाखाका अनुसार प्रदेश नम्बर ५ को नवलपरासी सुस्ता पश्चिममा १ जना, रुपन्देहीमा ११ जना, कपिलबस्तुमा १ जना र बाँकेमा १ जनामा पनि डेंगु रोगको लक्षण भेटिएको छ । यो अबधीमा देशभरीबाट ३६ जना डेंगुका बिरामी उपचारका लागि टेकु अस्पताल पुगेको जनाइएको छ । महाशाखका अनुसार प्रदेश नम्बर १ को झापा जिल्लामा १ जना, मोरङ जिल्लामा ३ जना र सुनसरी जिल्लामा २ जना गरि ६ जनामा पनि डेंगुको संक्रमण भएको पाइएको छ ।

लामो खुट्टेको टोकाईबाट यो रोग लाग्ने गरेको पाईन्छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाई बाट जोगिनुपर्ने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology