जनकपुधाम । वार्षिक परिक्षा सञ्चालन भइरहेको बेला महोत्तरीको औरही नगरपालिकाको एक विद्यालयको प्राङ्गणमा सर्वसधारणले बिहेको भोज खाएका छन् । विद्यालयको प्राङ्गणमा भोज चलिरहेकै बेला विद्यार्थीहरु परीक्षा दिइरहेका थिए ।
औरही नगरपालिका ८ मा रहेको सोनामाई आधारभुत विद्यालय टिम्कियामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले परिक्षा दिएरहेका छन । कक्षाकोठाभित्र पहिलो दिनको परिक्षा दिइरहेको समयमा बाहिर विद्यालयको चौरमा बिहेको भोजको आयोजना गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गंगाराम यादवले आफनो छोराको बिहे भोज बिद्यालयमा गरेका हुन । छोराको बिहे भोज बिद्यालयमा आयोजना गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको स्थानीयहरु आरोप लगाएका छन् ।
स्थानीय रामआश्रय यादवले भने यो सब पावरको दूरुपयोग भएको हो । उनले वार्षिक परिक्षा सञ्चालन भइरहेको बेला विद्यालयमा भोज भतेर गर्न नहुने भन्दै आपति जनाउनु भएको हो । भोज चलिरहेको बेला विद्यार्थीहरु पनि भोज खान जानाको लागि दैडिरहेका थिए, तिनीहरुलाई धेरै मुस्किलले सम्हालेको एक शिक्षकले बताउनुभयो ।
वडामा सार्वजनिक स्थल वा धर्मशालाको अभाव भएकोले विद्यालयमा भोजभतेर गर्नु पर्ने बाध्यता रहेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष यादवले स्वीकार गर्नुभएको छ । बिद्यालयमा भोज भतेर चलाएको जानकारी आउने वितिकै आफुले सो विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको औरही नगरपालिकाका शिक्षा शाखा संयोजक राईले बताउनुभो ।
बर्षाले गर्दा सडक अवरुद्ध भएकोले आइतबारसम्म चित्त बुझ्दो दिनुपर्ने भन्दै प्रधानाध्यापक यादवले स्पष्टीकरण पेश नगरे कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने संयोजक राईले बताउनुभयो ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ५ गतेभित्र परिक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परिक्षा शुरु भएको हो ।