Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चैत मसान्तसम्म निबेदन दिन आबहन


7.8K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चैत मसान्तसम्म निबेदन दिन आबहन

गोरखा १ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्ष २०७६÷०७७ मा रोजगारीमा आबद्ध हुन चाहानेहरुका लागि कामदार छनोटको काम शुरु गरेको छ । कार्यक्रम अन्र्तगत गाउँपालिकाले पहिलो चरणमा न्युनतम रोजगारीमा संलग्न हुन चाहानेहरुको निबेदन संलकनको काम शुरु गरेको हो ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यक्रम सञ्चालन निर्देशिका २०६५ को दफा १८ बमोजिम रोजगारीमा आबद्ध हुन चाहानेहरुका लागि निवदेन संलकनको काम शुरु गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका सार्वजनिक गरेको सूचना अनुसार इन्छुक व्यक्तिहरुले यहिँ चैत मसान्तसम्ममा निवदेन दिनुपर्ने उल्लेख गरेको छ । पालिका भित्र स्थायी बसोबास भएका व्यक्तिहरुले मात्र कार्यक्रममा सूचिकृत हुन पाउने छन् भने सूचिकृत हुन चाहाने व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचिकृत हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology